Comments Add Comment

निर्देशक नेपालको तर्क–‘समाज भत्कने प्रमुख कारक हामी हुन नपरोस्’

निर्देशक नवल नेपाल चलचित्रको कथामा भावना भन्न सिपालु छन् । उनले निर्देशन गरेका चलचित्रले मानिसका भावना र वियोगलाई बढी भनेका छन् । साना कुरालाई टपक्क टिप्न सिपालु निर्देशक गहन बिषयवस्तु पनि उठान गर्छन् । उनै, नेपाल चलचित्र क्षेत्रमा पछिल्ला समयमा भैरहेको गतिविधीले निराश र चिन्तित छन् । चलचित्र क्षेत्रमा देखिएको अराजकताले समाजलाई कता लैजाने हो र मानिसहरुले यो क्षेत्रमा काम गर्ने चलचित्रकर्मीलाई कसरी वुझ्ने हुन् भन्ने चिन्ता उनमा छ ।

उनी लेख्छन्–‘५ महिना भयो, कोभिड १९ ले हामीलाई लपेटेको । यो अवधिमा विभिन्न आरोह र अवरोह आए । सकारात्मक र नकारात्मक दुबै पाटो देखिए । चलचित्र षेत्र पनि पनि अछुतो रहने कुरै भएन । यो अवधीमा हामीले समाजमा कस्तो समाचार सम्प्रेषण गर्न प्रेरित गर्यौं ? कती सम्यमित भयौं ? कती आवेगमा आयौं ? आचारसंहिता र गोपनियताको पाना कती पल्टायौं ?’

उनले चलचित्र क्षेत्रले कस्तो संकार बसाउँदैछ भनेर पनि प्रश्न गरेका छन् । नेपाल लेख्छन्–‘समाज भत्कने प्रमुख कारक हामी हुन नपरोस् । भावी पिढीको औला पहिला हामी तिर नउठोस् । हामीले प्रयोग गर्ने सामाजिक संजाल मार्फत समाज र देशलाई सकेको सकारात्मक सन्देश दिउ ।’

उनले जीवन रहेको खण्डमा चलचित्र भित्रको झगडा घर भित्रै रहेर गरौला भन्दै अहिले दायित्व पुरा गर्न अपिल गरेका छन् ।

लकडाउन यताको समय हेर्दा चलचित्र क्षेत्रले समाजलाई गतिलो सन्देश दिन सकेको छैन । जसले चलचित्रकर्मीलाई हेर्ने आम मानिसको दृष्टिकोण नै परिवर्तन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment