Comments Add Comment

भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

३० साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ४८ हजार ४० पुगेको छ । मृत्यु संख्याको आधारमा भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने चौथो मुलुक हो । मृत्युसंख्याको आधारमा पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा मेक्सिको रहेका छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६४ हजार ५५३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि २४ लाख ६१ हजार १९० पुगिसकेको छ । अघिल्लो २४ घण्टामा भारतमा ६७ हजार नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरसका १७ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् भने ६ लाख ६१ हजारभन्दा बढी संक्रमितहरु अझै निकै हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment