Comments Add Comment

साम्राज्ञी र मेरो केस नै फरक होः पूजा शर्मा

नेपाली चलचित्र क्षेत्रमा केही हप्ताको अन्तरमा २ वटा मुद्दा चर्चामा रहे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि दुव्र्यवहार भएको भन्दै गर्दा चलचित्र क्षेत्र मौन जस्तै रह्यो ।

त्यसको केही हप्तापछि एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले बोलेको कुराले हंगामा मच्चायो । नेपाली नायिकाहरुलाई लक्षित गर्दै उनले ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा मिलाइ मिलाई, कती हाँस्नु’ भन्ने शब्द उल्लेख गरेपछि यसको आलोचना भयो । प्रकाशले माफी पनि मागे । तर, नायिका पूजा शर्माले भने उनको माफी माग्ने तरिकालाई स्विकार गर्न नसकिने भन्दै विभिन्न निकायमा उजुरी दिइन् ।

नेपाली चलचित्र क्षेत्रले यो बिषयमा चर्को आवाज उठायो । नायक–नायिका, निर्माता, निर्देशक सबैले प्रकाशको शब्द र शैलीको विरोध गरे । तर, दर्शकले भने साम्राज्ञीको बिषयमा मौन बसेका चलचित्रकर्मी पूजाको बिषयमा चर्को रुपमा बोलेको भन्दै आलोचना गरे ।

यो बिषयमा नायिका पूजा शर्मा भन्छिन्–‘साम्राज्ञी र मेरो बिषय नै फरक हो । मेरो त टेलिभिजनमा सबैले वुझ्नै गरी अपशब्द प्रयोग गरिएको हो । साम्राज्ञी र नायक भूवन केसीको विवादमा को सही र को गलत भन्ने छुट्टिएको छैन । यसैले, अहिले नै एकजनाको पक्ष लिएर अर्कोलाई गाली गर्ने अवस्था छैन ।’

पूजाले, यदि भोलीको दिनमा भूवन केसी गलत भएको खण्डमा सबैले आवाज उठाउने बताइन् । भनिन्–‘साम्राज्ञीमाथि भएको दुव्र्यवहारको बिषयमा त म अहिले पनि भन्छु, त्यो गलत हो । दुव्र्यवहार त गर्न पाइदैन । तर यो मुद्दाको सत्यता बाहिर आएपछि हामी सत्यको समर्थन र गलत कामको विरोध अवश्य गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment