Comments Add Comment

हिमालयन बैंकको नाफा २२ करोडले घट्यो, अन्य सूचक कस्ता छन् ?

३० साउन, काठमाडौं । कोरोना भाइरसको असर यतिबेला बैंकिङ क्षेत्रमा पनि देखिएको छ । कोरोनाको असरका कारण गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका बैंकहरुको अधिकांशको नाफामा गिरावट आएको छ ।

अन्य बैंकहरु जस्तै हिमालयन बैंकको पनि नाफामा २२ करोड रुपैयाँले गिरावट आएको हो । यस बैंकले २ अर्ब ५४ करोड २५ रुपैयाँ नाफा कमाएको छ । नाफा रकम अघिल्लो आथिर्तक वर्षको तुलनामा ७.९७ प्रतिशत अर्थात २२ करोड रुपैयाँले कमी हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ३ करोड १३ लाख रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षमा १ खर्ब २५ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment