Comments Add Comment

ललितपुरमा महिलाका लागि छुट्टै क्वारेन्टिन

३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गरेको छ । काठमाडौं उपत्यकामा महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गर्ने पहिलो भएको महानगरको दाबी छ ।

महिलाहरुको संवेदनशीलतालाई ध्यानमा राखी निश्चित मापदण्डअनुसार वडानम्बर २६ स्थित पोषण पुनर्स्थापना गृहका दुईवटा भवनमा छुट्टै क्वारेन्टिन निर्माण गरिएको हो ।

मुख्य गरी विदेशबाट आएका महिला र उनीहरुको साथमा रहेका बालबालिकाहरुका लागि नेपाल युथ फाउण्डेशनको सहयोगमा निर्माण भएको यो क्वारेन्टिनमा हालसम्म ३२ जनाले सेवा लिइसकेका छन् ।

महानगरपालिकाका अनुसार क्वारेन्टिनमा रहेकाहरुलाई आवश्यकता अनुसार मनोसमाजिक परामर्शको समेत व्यवस्था गरिएको छ ।

साथै उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेको अवस्थामा महानगरपालिकाले वृद्धाश्रममा होल्डिङ सेन्टर सञ्चालनसमेत गरेको छ ।

केही समय अगाडिमात्रै ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रममा कोही पनि नभएकोले त्यसलाई होल्डिङ सेन्टर बनाइएको हो । हाल २६ बेड रहेको सेन्टरलाई बढाएर ११० बेड बनाउन सकिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment