Comments Add Comment

राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा

३० साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् । राहत सामग्री लिएर गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् ।

टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि छन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर टोली पहिरो गएको स्थलतर्फ जाँदैछ । उनले भने, ‘चौतारामा अवतरण गरेका छौं, यहाँबाट पहिरो गएको स्थानतर्फ हिँडिसक्यौं ।’

शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा जुगल गाउँपालिकामा ३८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी तथा उद्दार कार्य जारी छ ।

यसअघि १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, २४ असारमा गएको बाढी पहिरोमा परेर बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment