Comments Add Comment

रंगेलीमा मृतक पुरुषको परिवारबाट फैलियो कोरोना

३० साउन, विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएसँगै एउटै वडामा संक्रमितको संख्या ५८ पुगेको हो । ती संक्रमित रंगेली बजार क्षेत्रका हुन् । संक्रमितमध्ये १४ जना एकै परिवारका छन् ।

रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलका अनुसार नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । संक्रमितलाई राख्न नगरपालिकाले छुट्टै १०० बेडको आइसोलेसन बनाएको छ । नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा जिल्ला अस्पताल रंगेलीका स्वास्थ्यकर्मीले संक्रमितको निगरानी गरेका छन् ।

बुबा हेर्न आउँदा फैलियो कोरोना

गत साउन १४ गते मोरङको सुनबर्सी नगरपालिका – ८ का ४५ वर्षका पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भयो ।

संक्रमित व्यक्तिलाई १३ साउनमा रंगेलीको क्लिनिकमा उपचारका लागि ल्याइएको थियो । नगरपालिकाले मृतक हिँडेको बजार क्षेत्रका स्थानीयको कोरोना जाँच गर्दा १९ साउनमा २२ जनाको रिपोर्ट पोजेटिभ देखियो । २२ मध्ये १४ जना एउटै परिवारका थिए ।

रंगेली नगरपालिका स्वास्थ्य संयोजक मण्डलका अनुसार बजार क्षेत्रमा १४ जना संक्रमित भेटिएको परिवारबाट संक्रमण फैलिएको हो । सो घरमा वृद्धको ३ साउनमा मृत्यु भएको थियो ।

भारतको नयाँ दिल्ली बसोबास गर्दै आएकी मृतककी छोरी बुबालाई भेट्न विराटनगर हुँदै रंगेली पुगेकी थिइन् ।

‘दिल्लीबाट आएकी महिलाबाट परिवारमा सर्‍यो’ मण्डलले भने ‘मृत्यु संस्कारमा सघाउन र सान्त्वना दिन पुगेका छिमेकीहरुलाई पनि पोजेटिभ देखियो ।’

भारत तथा तेस्रो देशबाट स्वदेश फर्कदा अनिवार्य क्वारेन्टिनमा बसेर पीसीआर जाँच गर्नुपर्ने प्रावधान छ । तर असार २४ मा विराटनगर महानगरपालिका– १० बाट होटल क्वारेन्टिन बस्ने अनुमति लिएर नेपाल प्रवेश गरेकी महिला घर पुगेको स्थानीय सरकारले थाहा पाएन । एकै पटक २२ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमण स्रोत खोजी गर्ने क्रममा महिला फेला परेकी हुन् ।

बुबाको १३ दिनको काम गरेका आफन्तमा स्वास्थ्यमा समस्या देखिएपछि कोरोना जाँच गराएका थिए । त्यसपछि पटक पटक स्वाब संकलन गर्दा एउटै वडामा संक्रमितको बढेको नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment