
३१ साउन, बुटवल । भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल- ११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् ।
१४ मध्ये १२ जना बैंकका कर्मचारी हाुन् । बैंकरोडमा रहेको बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा अरुको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
उनीहरुमध्ये १२ जनाको पोजेटिभ रिपोर्ट आएको छ । अन्य दुईजना सिद्धार्थनगर-१ का एकै परिवारका हुन् ।
यस्तै भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ८ जनाको समूहलाई सीमापारी रोकेर पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारततर्फ नै फर्काइएको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4