Comments Add Comment

नीताको स्वरमा ‘श्री गणेश भजन’

नायिका नीता ढुंगानाले पनि गायन यात्रा सुरु गरेकी छिन् । केही नायिकाहरुको गायन यात्रा सुरु भएको केही समयमै असफल भैरहेको समयमा नीताले नयाँ विधामा हात हालेकी हुन् । उनले ‘श्री गणेश भजन’ केही दिन अगाडि आफ्नो स्वरमा रेकर्ड गराएकी थिइन् । जसको भिडियोको छायांकन सम्पन्न भएको छ ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो भिडियो सेट लगाएर छायांकन गरिएको छ । आफ्नै निर्माणमा तयार भएको भिडियोलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराखेको नीताको भनाई छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका हुन् । बनिश शाहले भिडियोको सम्पादन गरिरहेका छन् । पहिलो गीतको रुपमा भजन किन गाउनुभयो भन्ने प्रश्नमा नीता भन्छिन्–‘हिन्दु धर्म र यसप्रतिको भक्तिभाव मेरो बच्चादेखिको सौख हो । गणेश भगवानको अनुयायी भएका कारण पनि मैले भजनबाटै गायन यात्रा सुरु गरेकी हुँ ।’

नीताले आफ्नै ब्यानरमा चलचित्र ‘माया’ बनाउने तयारी पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment