+
+

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १६:१८

३२ साउन बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् ।

यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओराल्न र चढाउन नपाउने गरी चल्न पाउने छन् । यसबाहेक कुनै पनि निजी र सार्जजनिक सवारी साधनहरु जिल्लाका भित्री सडकहरुमा चल्न पाउने छैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आइतबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ११२ महिला र ८३१ पुरुष गरी ९ सय ४३ पुगेको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?