+
+

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १६:४४

३२ साउन, जनकपुरधाम । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ ।

पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?