
३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा सबै फुटपाथ पसल र टोलटोलमा पुगी सामान बिक्री गर्ने व्यवसाय बन्द हुने भएका छन् ।
वडा कार्यालयले सूचना निकालेर वडा नम्बर १० भित्र फुटपाथ पसल सञ्चालन गर्न, कवाडी संकलनलगायत टोलटोलमा पुगी सामान बिक्री गर्न बन्द गरेको हो ।
त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर बन्द गरिने वडा कार्यालयले जनाएको छ ।
त्यस्तै टेक अवेबाहेकका होटल रेस्टुरेन्ट र अन्य भिडभाड हुने ब्यवसाय बन्द गर्न आह्वान गरेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले निर्णय गरे पनि यी कतिपय व्यवसाय बन्द गर्न अटेरी भइरहेको भन्दै वडाध्यक्ष केसीले अब कडाइ गरिने बताए ।
काठमाडौं वडा नम्बर १० मा बानेश्रर क्षेत्र पर्छ ।
प्रतिक्रिया 4