+
+

बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा ८६८ करोडले घट्यो नाफा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १०:१९

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए ।

गत आर्थिक वर्ष २०७६/७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको मुनाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको हो ।

धेरै नाफा कमाउने बैंकमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै पहिलो नम्बरमा देखिएको छ । यस बैंक गत आर्थिक वर्ष ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार ७ सय १७ रुपैयाँ कमाएर नाफाका आधारमा पहिलो बैंक बन्न सफल भएको हो ।

यद्यपि, राष्ट्रिय वाणिज्य बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षै यो बैंकले ५ अर्ब ४ करोड ६५ लाख २० हजार ३ सय ७८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रोमा भने नविल बैंक देखिएको छ । नविलले पनि नाफा बढाउन सकेन । अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ कमाएको यो बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

हेनुस् कुन बैंकले कति कमाए ?

सि.नं. बैंकको नाम २०७५/७६ २०७६/७७
राष्ट्रिय वाणिज्य बैंक ५,०४,६५,२०,३७८ ४,४५,२५,३३,७१७
नविल बैंक ४,२३,८८,५४,००० ३,५६,६६,७३,०००
कृषि विकास बैंक ४,१९,१५,९१,००० ३,४६,६८,०३,२००
एनआइसी एशिया बैंक ३,०२,३२,८०,६६६ ३,१२,१४,८७८६८
ग्लोबल आइएमई बैंक २,७६,१९,५४,००० ३,०८,८०,४२,०००
सिद्धार्थ बैंक ३,२९,९४,६८,६८७ ३,०२,६६,२९,६८३
नेपाल इन्भेष्टमेन्ट बैंक ३,३२,४१,१३,००० २,५७,१६,५२,०००
नेपाल बैंक २,५९,६७,३६,०४५ २,५५,६४,३९,४४६
हिमालयन बैंक २,७६,३८,४८,४७५ २,५४,२५,८८,३५२
१० एभरेष्ट बैंक ३,०५,४१,२२,००० २,४९,९९,९४,०००
११ प्राइम कमर्सियल बैंक २,१९,८७९२,२४३ २,२९,२८,०२,५७९
१२ एनएमबि बैंक २२५७२७६००० २२७०६७०००
१३ स्टान्डर्ड चार्टर्ड बैंक २४३४६६५००० १९८३९२६०००
१४ नेपाल बंगलादेश बैंक २२७२०२७५६२ १९८३८२६०००
१५ मेगा बैंक १६२९६८९७८७ १८००५५८२९१
१६ सानिमा बैंक २२५८०६७५०६ १७२०५९३३३२
१७ नेपाल एसबीआई बैंक २२९२५२४३९६ १७०३३७३९८१
१८ लक्ष्मी बैंक १५९००७४००० १५३०७७९८८१
१९ बैंक अफ काठमाण्डू १८९६९५६०३६ १४८४७८९०००
२० सनराइज बैंक १७०६१०२०८८ १४७५५६९३६१
२१ प्रभु बैंक १७८३५९३००० १३९२८७७७४४
२२ माछापुच्छ्रे बैंक १६९७०८८२४३ १३६६९७६०००
२३ कुमारी बैंक १२३०३७८२६० १२५२०४२७२५
२४ एनसीसी बैंक १०२१२३२२४० १२२६५५९३२८
२५ सिटिजन्स बैंक १४६३२१८७७० ११३०९८४८४४
२६ सेञ्चुरी कमर्सियल बैंक ६७६४०८००० १११६०४०३३१
२७ सिभिल बैंक ७०७४१२००० ९०६२३२०००
जम्मा ६३०००९९९००० ४५७००१०००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?