Comments Add Comment

पुनरकर्जाका लागि आवेदन आह्वान

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।

पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सूचना उल्लेख भए अनुसार बैंकहरले नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची समेत संलग्न राखी आवेदन दिनु पर्नेछ ।

पुनरकर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई उपलब्ध गराउछ भने अणिले ५ प्रतिशतमात्रै ब्याज तिर्नु पर्नेछ । आवेदनका लागि राष्ट्र बैंकले केहि शर्तहरु तोकेको छ । उक्त शर्तहरु पालना भएकाले मात्रै कर्जा पाउनेछन् ।

के–के छन् शर्तहरु ?
(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।

(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।

(ग) एक भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/ वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।

(घ) पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने ।

(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने ।

(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनु पर्ने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment