+
+
Shares

‘सयौं जुनी’ साथ रहने पूजा–आकाशको बाचा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १५:४०

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले रुचाएका छन् । यो जोडीले एकपछि अर्को चलचित्रमा पनि काम गरिरहेको छ । यसैविच, लामो समयपछि यो जोडीले अभिनय गरेको ‘सयौं जुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अन्जु पन्त र प्रताप दासको आवाजमा समावेश गीतमा पूनम मोथेको शब्द, सरोज पोखरेलको संगीत छ ।

भिडियोमा निकेश खड्काको निर्देशन, विकास धमलाको सम्पादन, वुद्ध थापाको छायांकन छ ।

यो गीतको भिडियोमा पूजा र आकाश रोमान्टिक देखिएका छन् । पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको लागि तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?