Comments Add Comment

भरिन् थाल्यो भरतपुर अस्पतालको आइसोलेसन

१, भदौं, चितवन । कोरोना संक्रमितको उपचारका लागि भनेर भरतपुर अस्पतालले छुट्याएको ७५ बेड भरिन् थालेको छ ।

ए ब्लकको भुईँ तलामा बनाइएको आइसोलेसन बार्डमा अहिले ५३ जना कोरोना संक्रमित र ८ जना कोरोना संक्रमण शंकास्पद बिरामी राखिएको छ ।

संक्रमितसँगै आएका ती ८ जना व्यक्तिहरु पनि अस्पतालको कोभिड बेडमै बसिरहेका छन् । पछिल्लो समयमा चितवनमा कोरोना संक्रमित बिरामी बढेसँगै अस्पतालको आइसोलेसन वार्ड भरिन् थालेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

शनिबार मात्रै २८ जना र आइतबार ११ जना गरी ३९ जना संक्रमित थपिएका थिए । अस्पतालमा संक्रमितको उपचारका लागि १० बेड आइसोलेसन छुट्याएको छ ।

अहिले आईसीयू कक्षमा तीनजना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिले जिल्लामा ३० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

चितवनमा पहिलोपटक वैशाख ५ गते पूर्वी चितवनको राप्ती नगरपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा अहिलेसम्म २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा हालसम्ममा १३७ जना कोरोना संक्रमितको उपचार गरिएको छ । अस्पतालमा उपचाररत दुई संक्रमितको भने मृत्यु भएको थियो ।

निजी अस्पताललाई बिरामी राख्न प्रशासनको पत्र

जिल्ला प्रशासन कार्यालय चितवनले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार जिल्लाका निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमित बिरामीका लागि २० प्रतिशत छुट्याएर उपचार गर्न सूचना जारी गरेको छ ।

प्रशासनले अस्पतालमा भर्ना भएका बिरामीमा कोभिड-१९ पोजेटिभ देखिएमा हब अस्पताल भरतपुर अस्पतलको समन्वयमा बिरामी रहेकै अस्पतालमा उपचार गर्न निर्देशन मन्त्रालय निर्देशनअनुसार अनुरोध गरेको छ ।

मन्त्रालयले निजी अस्पतलालाई कुल बेडको २० प्रतिशत र मेडिकल कलेजहरुलाई एक तिहाई बेड छुट्याउन भनेको छ । तर, निजी अस्पताल तथा मेडिकल कलेजहरुले बिरामीहरु मिसमास हुने भन्दै मन्त्रालयको निर्देशन अवैज्ञानिक भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment