+
+
Shares

व्यावसायिक भ्रमणका लागि मलेसिया र सिंगापुरको सीमा खुला

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:४३

१ भदौ, काठमाडौं । मलेसिया र सिंगापुरले एकअर्काको मुलुकमा व्यावसायिक भ्रमणका लागि सीाम खुला गर्ने निर्णय गरेका छन् । उनीहरुले पहिलोपटक मार्चमा बन्द भएको यी दुई मुलुकको सीमा व्यावसायिक भ्रमणका लागि खुकुलो बनाइएको हो ।

नयाँ नियम अनुसार यी दुई मुलुकका मानिसहरुलाई १४ दिनसम्मको व्यावसायिक भ्रमणका लागि अनुमति दिइनेछ । साथै सिंगापुरमा काम गर्दै आएका मलेसियाका नागरिकले पनि सीमा पार गरेर आफ्नो काममा फर्किन पाउनेछन् । मलेसियाले मार्च १८ मा प्रतिबन्ध लगाउनुभन्दा पहिला दैनिक तीन लाख मानिसले सीमा पार गर्थे । सिंगापुरले अप्रिल ७ मा लकडाउन घोषणा गरेको थियो । दुवै मुलुकले त्यसयता लकडाउन केही खुकुलो पार्दै आएका छन् । तर, अझै पनि पर्यटकका लागि भने सीमा खुला गरिएको छैन ।

स्रोत : निक्केई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?