Comments Add Comment

एक दशकपछि स्पेनमै फरकिए सिल्भा, सोसिडाडमा २ वर्षको लागि अनुबन्ध

२ भदौ, काठमाडौं । एक दशक प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट खेलेका स्पानिस मिडफिल्डर डेविड सिल्भा एक दशकपछि स्पेनमै फर्किएका छन् ।

३४ वर्षीय प्ले मेकर सिल्भालाई रियल सोसिडाडले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

सिटी छाड्ने घोषणापछि नै सिल्भा इटालियन सिरी ए क्लब लाजियो जाने चर्चा चलेको थियो । तर उनी आश्चर्यजनक रुपमा स्पेन नै फर्किएका छन् ।

सोसिडाडले सिल्भासँग २ वर्षका लागि सम्झौता गरेको छ । सिल्भाले सोसिडाडमा २१ नम्बरको जर्सी लगाउनेछन् ।

मार्टिन ओडेगार्ड एक वर्षको लोनपछि रियल मड्रिडमा फर्केकाले सोसिडाड नयाँ प्लेमेकरको खोजीमा थियो र त्यसैका लागि सिल्भालाई क्लब भित्र्याएको हो ।

१० वर्षअघि सन् २०१० मा स्पानिस क्लब भ्यालेन्सियाबाट सिल्भा सिटी पुगेका थिए । जहाँ उनले ४३६ खेल खेल्दै ७७ गोल गरेका छन् । सिटीमा रहँदा उनले चार प्रिमियर लिग, २ एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड उपाधि जितेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत लियोनविरुद्धको क्वाटरफाइनल खेल नै सिल्भाको लागि सिटीको जर्सीमा अन्तिम खेल बन्यो । उक्त खेलमा ३-१ ले पराजित हुँदै सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

सिल्भाको सम्मानस्वरुप सिटीले एतिहाड स्टेडियम बाहिर सिल्भाको स्ट्याचु राख्ने घोषणा गरेको छ भने ट्रेनिङ पिच पनि सिल्भाको नामबाट रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment