Comments Add Comment

इंग्ल्याण्ड र पाकिस्तान बीचको दोस्रो टेष्ट बराबरीमा सकियो

२ भदौ, काठमाडौं । वर्षाले प्रभावित भएको इंग्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । खराब मौसम र वर्षाका कारण पाँच दिनको टेष्टमा अधिकांश समय खेल हुन सकेन ।

पाँचौ तथा अन्तिम दिन पनि वर्षाले गर्दा खेल प्रभावित बनेको थियो । ढिलो सुरु भएको खेलमा इंग्ल्याण्डले ४ विकेट गुमाएर ११० रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि ज्याक क्रावलीले ५३ र डाम सिबलीले ३२ रन बनाए । पाकिस्तानका मोहम्मद अब्बासले २ विकेट लिए ।

त्यसअघि पाकिस्तानले पहिलो इनिङ्समा २३६ रन बनाएको थियो । पाकिस्तानका लागि अजर अली र विकेटकिपर मोहम्मद रिजवानले अर्धशतक प्रहार गरेका थिए । इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले ४ र जेम्स एन्डरसनले ३ विकेट लिए ।

वर्षाका कारण तेस्रो दिन खेल हुन सकेन ।

दोस्रो टेष्ट बराबरी भएपछि तीन खेलको सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता कायमै राखेको छ । तेस्रो तथा अन्तिम टेष्ट शुक्रवार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment