Comments Add Comment

रुसले बनाएको कोरोना खोपलाई फिलिपिन्सपछि मेक्सिकोको साथ

२ भदौ, काठमाडौं । मेक्सिकोका राष्ट्रपति आन्द्रेज मनेवेल लोपेज ओबराडोरले रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रभावकारी साबित भए त्यसको प्रयोग आफैंबाट शुरुवात गर्ने बताएका छन् ।

यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो टुटेर्टेले आफू रुसको खोपको लागि तयार रहेको बताएका थिए ।

रुसले दुई महिनाको परीक्षणपछि कोरोना भाइरसको खोपको लागि अनुमति दिएको छ । यो खोपले पहिलो चरणको उत्पादन पनि गरिसकेको छ । यद्यपि यति कम समयमा कोरोना भाइरसको खोपको उत्पादनलाई अनुमति दिएकोप्रति अन्तर्राष्ट्रियरुपमा नै यसबारे आशंका उत्पन्न भएको छ । धेरै वैज्ञानिकहरुले रुसले खोप निर्माणको क्रममा सुरक्षालाई भन्दा पनि राष्ट्रिय प्रतिष्ठालाई बढी प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।

केही वैज्ञानिकहरु क्लिनिकल परीक्षणमा गएकामध्ये केवल १० प्रतिशत खोप मात्र सफल हुने बताउँछन् ।

यो खोपको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै ओबराडोरले आफू सबैभन्दा पहिला खोप लगाउने व्यक्तिहरुमध्येको एक हुने बताए । अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको छ ।

मेक्सिको र अर्जेन्टिनाको सरकारले औषधि निर्माता कम्पनी एक्स्ट्राजेनेकासँग मिलेर खोप उत्पादनको काम गरिरहेका छन् । मेक्सिकोका उपविदेशमन्त्रीले तेस्रो चरणको क्लिनिकल परीक्षण सफल भएको खण्डमा मेक्सिकोलाई कोरोना भाइरसविरुद्धको खोपको २० करोड डोज आवश्यक पर्ने बताएका छन् ।

मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख २२ हजार १६२ पुगेको छ । साथै अहिलेसम्म यो भाइरसको कारण मृत्यु हुनेको संख्या ५६ हजार ५७७ पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment