Comments Add Comment

काभ्रेका मृतकको परिवारका ९ जनालाई संक्रमण पुष्टि

२ भदौ, काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । ‘उहाँहरुको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ,’ काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले भनेका छन् ।

संक्रमितहरु अहिले होम आइसोलेसनमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment