Comments Add Comment

प्रदेश २ मा ३२४ जना कोरोना संक्रमित थपिए

२ भदौ, जनकपुरधाम । प्रदेश २ मा ३ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ८५ जना महिलासहित ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी पर्सा जिल्लामा १ सय २४ जना छन् । मन्त्रालयका अनुसार बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीका १४, सिरहा तथा महोत्तरीका १३/१३ जना र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सप्तरीका २, सिरहाका ४, धनुषाका १२, महोत्तरीका १७ र पर्साका १३ जना कोरोना संक्रमित निको डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा डिस्जार्च हुने कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९० पुगेको छ ।

प्रदेशमा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा २१, धनुषामा ९, बारामा ६, सप्तरी र रौतहटमा ३/३, सिरहहा र मोत्तरीमा २/२ र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment