Comments Add Comment

कोरोनाबाट ७ जनाको मृत्यु, ६८१ संक्रमित थपिए

३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ६८१ जनामा संक्रमणको पुष्टि भएको छ ।

पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ ।

  • वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
  • वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ ।
  • सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । २३ साउनमा संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।
  • काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
  • वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा तीन जना र हेटौंडाका एक जनाको मत्यु समावेश गर्न बाँकी छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमुना परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।

यस्तै पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । उनीहरुमध्ये १७ हजार ७०० जना निको भइसकेका छन् । ११ हजार ११८ जना आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment