Comments Add Comment

दुई सन्तान मात्रै जन्माउनेलाई रम्भा गाउँपालिकाले पुरस्कार दिने

४ भदौ, पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ ।

समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ । एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का नीति, कार्यक्रम र बजेटमा स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले रु ५० हजार विनियोजन गरेको छ ।

छोराबुहारी सम्मान

यस्तै सासूससुरा एवं आमाबुबाको उचित स्याहार, पोषण र स्वास्थ्यमा ध्यान दिने छोराबुहारी पनि सम्मानित हुने भएका छन् ।

गाउँपालिकाले चालु आवमा प्रत्येक वडाका दुई जोडी गरी १० छोराबुहारीलाई रु पाँच हजारसहित सम्मान गर्ने भएको हो ।

गाउँपालिकाले छोराबुहारीलाई पुरस्कार प्रदान गर्दा घरका आमाबुबालाई उचित स्याहारसुसार, समयमा खानपानको व्यवस्था र स्वास्थ्योपचारमा विशेष चासो बढ्ने गाउँपालिका उपाध्यक्ष राधा श्रेष्ठले बताइन् ।

यस्तै पूर्ण संस्थागत सुत्केरी अवस्थाको दिगोपनका लागि मातृशिशुको पोषणयुक्त खानामा रु एक हजार पाँच सय सहयोग गनिरे कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment