Comments Add Comment

अदालतले गर्‍यो १ सय जरिवाना, वकिलले बुझाए ५० पैसाका २ सय सिक्का

भारतको सर्वोच्च अदालतमा एकजना वकिलले अदालतद्वारा तोकिएको १ सय भारु जरिवाना भुक्तान गर्ने क्रममा ५०-५० पैसाका २ सय वटा सिक्का बुझाएका छन् ।

अधिवक्ता रिपक कंसलले आफूमाथि लागेको एक सय भारुको जरिवानावापत दुई सयवटा सिक्का अदालतमा बुझाइदिएका हुन् ।

अदालतको मुद्दा दर्ता किताबमा चलखेल र अनियमितता हुने गरेको आरोप लगाएको अभियोगमा उनीमाथि अदालतले जरिवानाको फैसला गरेको थियो ।

आफूमाथि अदालतले गरेको जरिवानालाई उनले शिरोधार्य त गरे तर जरिवाना रकमको रुपमा एक सय भारुको नोट बुझाउनुको साटो ५० पैसाका सिक्काहरु जम्मा गरेर बुझाए ।

५० पैसाका दुई सय वटा सिक्का जम्मा गर्नका लागि उनले आफ्ना अन्य साथी वकिलहरुको पनि सहयोग लिएका थिए ।

अधिवक्ता कंसलमाथि अदालतले गरेको जरिवानाको अन्य वकिलहरुले विरोध गरेका छन् ।

अदालतले ठूला वकिल तथा प्रभावशाली मानिसहरुको मुद्दाको छिटो सुनुवाई गर्नका लागि सर्वसाधारणका मुद्दाहरुलाई पछि पारेर दर्ता गर्ने गरेको आरोप उनले लगएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलविदा राष्ट्रकवि

Advertisment