+
+
Shares

बाफल एसिड आक्रमणका अभियुक्त थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १८:४४

४ भदौ, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ ।

ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि  आदेश दिएको छ ।

साउन ८ गते राति कार्कीमाथि काठमाडौंको बाफलमा सँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेको प्रहरीको दावी छ । पवित्रा हाल कीर्तिपुर अस्पतालमा उपचाररत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?