+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाइ

रासस रासस
२०७७ भदौ ५ गते ७:२३

५ भदौ, कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजेदेखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर लागु हुनेगरी औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आदेश जारी गरेका हुन् ।

जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोरबिजोरको आधारमा सञ्चालन गर्ने व्यवस्था कडाईका साथ लागु गर्ने आदेश जारी गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धि कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधन चल्न दिइने छ ।

कार्यालय प्रमुखले तोके बमोजिम न्यूनतम सङ्ख्यामा कार्यालयमा उपस्थीत हुने कर्मचारीले कार्यालयमा जान र कार्यालयमा फर्कनका लागि क्रमशः बिहान ९ः३० बजेदेखि १० ः३० सम्म र दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्म फोटो सहितको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?