Comments Add Comment

संचिता लेख्छिन्–‘प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छ’

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् ।

उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’

उनले, प्रेम, विशवास र श्रद्धा छर्न सर्बसँग अपिल गर्दै तीजको शुभकामना दिएकी छिन् ।

चलचित्रको पर्दाबाट केही समयदेखि टाढा देखिएकी नायिका संचिता लुइटेल चलचित्र ‘आयो भैरव’मा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउन र कोरोना भाइरसका कारण चलचित्रको काम रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment