Comments Add Comment

चितवनमा एक साता निषेधाज्ञा थपियो

५ भदौ, चितवन ।चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सबै सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो। सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ । नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने सहायक प्रजिअ शर्माले बताए ।

चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । कोरोनाबाट झण्डै ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । चितवनका अस्पताल, कृषि उद्योगहरुलाई कोरोना जोखिमको क्षेत्र मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment