Comments Add Comment

बार्सिलोनाको प्रोजेक्ट प्लान : मेस्सी र युवा खेलाडी

५ भदौ, काठमाडौं । बार्सिलोनाको टेक्निकल डिरेक्टर रामोन प्लान्सले क्लबले लिओनल मेस्सी र युवा स्टार खेलाडीको टिम बनाउने चाहना रहेको विषय प्रष्ट पारेका छन् । उनले मेस्सीको वरपर अरु युवा खेलाडीहरुसहितको टिम बनाउन चाहेको बताएका हुन् ।

कप्तान मेसीले नयाँ प्रशिक्षक रोनाल्ड कोएमनसँग क्लबको अर्को सिजनको योजनाको बारेमा कुरा गर्ने अपेक्षा छ । यस्तै मेसीको भविष्यको बारेमा के होला भन्ने विषयसमेत चर्चामा छ ।

‘हिजो कोएमनले पनि मेसीसँगको भेटको बारेमा कुरा गरेका थिए,’ प्लान्सले भने, ‘उनीहरुको लागि यो कुरा गर्नु साधारण हो । मेसी टिमको कप्तान हुन् र इतिहास र विश्वको उत्कृष्ट हुन् । उनीहरुको प्राइभेट मिटिङ हो ।’

प्लान्सले मेसी र युवा खेलाडीको प्रवजेक्ट बनाउन चाहेको बताए । ‘हामी युवा खेलाडी र मेसीसहितको प्रोजेक्ट बनाउन चाहन्छौँ । हामी युवाहरुको टिम बनाउने विषयमा स्पष्ट छदा । केही खेलाडीको नाम अहिले भन्नु सही हुने छैनऽ’ प्लान्सले भने,’क्लबले जित्ने प्रोजेक्ट बनाउनुपर्नेछ र हामी त्यसका काम गरिरहेका छौँ ।’

क्लबका केही खेलाडीले समरमा टिम छाड्ने अपेक्षा गरिएको छ । बायर्नसंगको लज्जासपद हारपछि यो चर्चाको विषय बनको छ ।

प्लान्सले आन्तरिकरुपमा काम गर्ने प्रयास गर्नुपर्ने बताए । साथै उनले बार्सिलोनाप्रति धेरे दिएको खेलाडीको लागि धेरै सम्मान गर्नुपर्ने पनि बताए । यस्तै उनले आने दिनमा निर्णयहरु देखिने बताए । ‘हामीले खेलाडीले पाउनुपर्ने सम्मान दिनुपर्छ,’ उनले भने ।

यसैगरी प्लान्सले क्लबमा नयाँ अनुबन्ध भएका युवा स्टार पेड्री बार्सिलोनाको भविष्य हुने बताए । बिहीबार पेड्रीलाई बार्सिलोनाले आप्नो खेलाडीको रुपमा प्रस्तुत गरेको थियो । ‘मेरो विचार पेड्री क्लबको लागि धेरै महत्वपूर्ण खेलाडी हुन सक्छन्,’ प्लान्सले भने ।

प्लान्सले पेड्रीले अट्याकमा जुनसुक पोजिसनमा खेल्न सक्ने बताए । यस्तै उनले बार्सिलोनालाई शक्ति र क्षमताको रुपमा बनाउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment