Comments Add Comment

बार्सिलोनाबाहिर मेसीको भविष्य के होला ?

५ भदौ, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमनलाई क्याम्प नोउमा आफ्नो भविष्यबारे शंका रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलमा बायर्न म्युनिखसंग ८-२ को लज्जास्पद हारपछि बार्सिलोनामा मेसीको भविष्य के होला भन्ने सवाल उठ्न थालेको छ ।

आरएसीआईका अनुसार मेसीले आफ्नो भविष्य बार्सिलोनामा भन्दा बाहिर देख्न थालेका छन् । तर उनी यसबारे जानकार छन् कि क्लब छाड्न उनलाई कठिन हुनेछ, किनकी उनीसंग अझै एक वर्षको सम्झौता बाँकी छ ।

बार्सिलोनाका कप्तानसमेत हरेका मेसी नयाँ प्रशिक्षक कोएमनसंग छलफल गर्न आफ्नो छुट्टी नै छोट्याएर क्याटालोनिया पुगेका थिए । मेसी अर्को सिजनका लागि टिमको योजनाबारे छलफल गर्न गएका थिए ।

डच कोच कोएमनको २०२०-२१ सिजनको टिमको लागि मेसी मुख्य आधार रहने बताइएको छ । कोएमनले त्यसका लागि समर्थन नगर्ने खेलाडी आफूलाई नचाहिने समेत बताएका छन् ।

बार्सिलोनाको अहिलेको मुख्य प्राथमिकता भनेको मेसीलाई क्लबमा बस्न सहमत गराउनु हो । क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ फुटबल इतिहासको उत्कृष्ट खेलाडीलाई क्लबबाट जान दिन चाहदैनन् ।

दुर्भाग्यवश बार्तामेउका लागि यस पटक भने कठिन छ । मेसी बार्सिलोना छाड्ने मनसायमा छन् । बार्सिलोनाले पछिल्लो केही दिनमा मेसीको चाहना बुझिरहेको छ । तर कोएनसंगको कुराकानीले राम्रो नतिजा आउने क्लबको आशा छ ।

बार्सिलोनासंग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले क्लबसंगको सहमति बिना मेसीले बार्सिलोना छाड्न सक्नदैनन् । मेसीको रिलिज मूल्य ७०० मिलियन युरो छ । इन्टर मिलान मेसीलाई अनुबन्ध गर्न इच्छुक रहेपनि उसले यति रकम तिर्न कठिन छ ।

मेसीले क्लब छाडे के होला ?

बार्सिलोना छाडेर अन्तै जाने मेसीको विकल्पले आउने सिजन बार्सिलोनाको प्रोजेक्टमा ठूलो असर गर्नेछ । यदि मेसीले समरमा क्लब छाड्ने भएमा क्लबले तत्कालै स्टार मेसीबिनाको योजना बनाउनुपर्नेछ ।

यदि मेसी धेरै रकममा बिक्री भए, उक्त रकम उनको स्थान लिने अर्को उत्कृष्ट खेलाडी खोज्नको लागि खर्च गर्न सकिनेछ । तर बार्सिलोनाको लागि समस्या के छ भने त्यहाँ मेसीजस्तै उत्कृष्ट खेलाडी धेरै छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment