Comments Add Comment

विराटनगरसहित मोरङका ४ स्थानीय तहमा ५ दिन निषेधाज्ञा

५ भदौ, विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित जिल्लाका चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिकाका सबै वडा र रंगेली नगरपालिकाका चारवटा वडा, कटहरी गाउँपालिकाका पाँचवटा वडा र बुढीगंगा गाउँपालिकाका चारवटा वडामा निषेधाज्ञा भएको हो ।

शुक्रबार रातिबाट जारी हुने निषेधाज्ञा भदौं १० गते राति १२ बजेसम्म कायम रहनेछ । खड्काका अनुसार रंगेली नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा जारी भएको स्थानमा घरबाट बाहिर निस्किएर अपिल गरेको छ । अटेर गरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

बजार क्षेत्रमा अतिआवश्यक खाद्यबस्तु, इन्धन, तरकारी फलफूल, डेरीलगायत पसल विहान ९ पछि सञ्चालन गर्न नपाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment