Comments Add Comment

बल्ल आइसोलेसन सेन्टर बनाउन जुटे चितवनका स्थानीय तह

Photo Credit : फाइल फोटो

६ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि चितवनका  स्थानीय तहले धमाधम आइसोलेसन वेड बनाउन शुरुआत गरेका छन् । कोरोनाको  लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् ।

भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दैछ ।

मेयर रेनु दाहालले आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिए । प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिने तयारी छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्व री आइसोलेसनमा तत्काल ९० जना र पछि २ सय जनासम्म राख्न सकिने बताए ।

यस्तै रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले संयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर-५ झुवानीमा आइइसोलेसन सेन्टर तयार भएको छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार  झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ श्ययाको आइसोलेसन सुरु गरिँदैछ ।

यसैगरी माडी नगरपालिकाले माडीले वडा नम्बर ५ छरछरेमा आइसोलेसन तयार गरेको थियो ।       माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो । त्यहाँ शौचालयसहितको १० वटा कोठा छन् ।

यस्तै पूर्वी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन बनाइएको छ । वाहिनिमा हाल ४९ जना सशस्त्रका सङक्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनि प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिए ।

यस्तै नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी सस्था लगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी छ ।

स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार हाल जिल्लामा १ सय ८६ सक्रिय सङक्रमित छन् भने ११३ निको भइसके । तीन जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितहरूलाई होम आइसोलेसनमा बस्ने वा अस्पताल भर्ना गर्ने गरिएको थियो । तर अब  लक्षण नदेखिएका सङक्रमितलाई अस्पतालमा भर्ना गरिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment