Comments Add Comment

बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

७ भदौ, वीरगञ्ज । बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले रकम बरामद गरेको हो ।

शनिबार बिहान ८ बजे बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो रंगको झोला फाली फरार भएका थिए ।

झोला नियन्त्रणमा लिएर हेर्दा नेपाली १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

रकम फालेर भाग्ने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment