+
+
Shares

छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १२:१०

संचारकर्मी रामजी ज्ञवालीले छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरेका छन् । यो चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शिर्ष भूमिकामा काम गरेका छन् । एउटी आमाले सन्तानप्रतिको दायित्व विर्सदा सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने कथालाई यो छोटो चलचित्रमा प्रस्तुत गरिएको छ । निर्देशक ज्ञवालीले ‘डार्क मुन’लाई समाजको यथार्थ तस्वीर भनेका छन् ।

घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको भन्दै उनले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यो चलचित्रको लेखन प्रदिप भारद्धाजले गरेका हुन् । कृष्मा गौतम र सारा भुर्तेलको निर्माणमा तयार भएको छोटो चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।

संचारकर्मी ज्ञवालीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?