Comments Add Comment

नयाँ फिल्म चाडैः सलिनमान बनियाँ

चलचित्र ‘ए मेरो हजुर २’बाट रजतपटमा प्रवेश गरेका नायक सलिनमान बनियाँले छोटो समयमा नै लोकप्रियता हासिल गरे । दोश्रो चलचित्र ‘यात्रा’ व्यवसायिक रुपमा सफल नभएपनि उनको कामको भने तारिफ भयो ।

दोश्रो चलचित्र रिलिज भएको डेढ बर्ष वितिसक्दा पनि सलिनले नयाँ चलचित्र साइन गरेका छैनन् । यसैले पनि सलिनले नयाँ चलचित्रमा काम कहिले गर्छन् भन्ने कौतुहलता उनका फ्यानमा छ ।

नायक सलिनमान बनियाँले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिदै भनेका छन्–‘म केही सरप्राइजको साथमा दर्शकमाझ आउने तयारी गरिरहेको छु । यो विचमा मलाई नयाँ चलचित्रको बारेमा थुप्रै प्रश्नहरु सोधिएका छन् । कोरोना भाइरसको महामारीका कारण केही समय त लाग्छ होला । तर, चाडै नै राम्रो समाचार सुन्न पाउनुहुनेछ ।’

सलिनले आफूले नयाँ चलचित्रको तयारी गरिरहेको बताएका छन् । उनले, प्रेमिकासँग चाडै बिहे गर्ने पनि फ्यानलाई जानकारी दिएका छन् ।

यस्तै, एक फ्यानले अब ड्रेसअप परिवर्तन गर्नुहोस् भनेर आग्रह गर्दा उनी भन्छन्–‘चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment