Comments Add Comment

नवलपरासीमा ३ डाक्टर र जनप्रतिनिधिलाई कोरोना

७ भदौ, बुटवल । नवलपरासी पश्चिममा जिल्ला अस्पतालका डाक्टर र जनप्रतिनिधि तथा कर्मचारीसहित २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्ला अस्पताल नवलपरासीका ३ जना डाक्टर र एकजना नर्ससहित ४ जना तथा पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि र केही कर्मचारीसहित २५ जना गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत गौरव ढकालले जानकारी दिए । यस्तै जिल्ला अस्पताल परासीमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा भदौ १० गतेसम्मलाई थप गरिएको छ । पश्चिम नवलपरासीमा यसअघि नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति ३९ वर्षिय सुवासचन्द्र गिरीको कोरोना संक्रमणपछि मृत्यु भएको थियो ।

योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या १७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment