+
+

जाजरकोटमा एक साता थपियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १८:५३
जाजरकोट सदरमुकाम खलंगा

७ भदौ, सुर्खेत । जाजरकोटमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले जिल्लामा कोरोनाको जोखिम बढेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?