+
+
Shares

खुकुरी रमले जित्यो लण्डन स्पिरिट्स २०२० मा स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २०:५०

७ भदौ, काठमाडौं ।  नेपाल डिष्टिलरीज प्रा.लिले उत्पादन गरेको नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको छ।

खुकुरी रमले लण्डन स्पिरिट्स प्रतियोगितामा रम समूहमा स्वर्ण पदक जित्न सफल भएको जनाएको छ ।

यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा पुरस्कार जितेको थियो।

लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो ।

प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त निर्णायकहरुले अन्य उच्चकोटीका प्रतिस्पर्धी रमहरुको दाँजोमा खुकुरी रमलाई १०० मध्ये कूल ९४ अंक दिएका थिए। यो सँगै खुकुरी रमले स्वर्ण पदकसँगै विश्वब्यापी रूपमै मान्यता प्राप्त गर्न सफल भएको छ।

यस प्रतियोगिताको आयोजक विश्वभर औद्योगीक कार्यक्रमहरुको आयोजना गर्ने वेभरेज ट्रेड नेटवर्कले यो प्रतियोगिता आयोजना गरेको थियो। यो प्रतियोगितामा मदिराहरुको मुल्यांकन त्यसको गुणस्तर, गुणवत्ता र प्रस्तुति तथा प्याकेजिङको आधारमा गर्ने गरिन्छ ।

‘नेपाल डिष्टिलरीजले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ वहन गर्दै आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रूपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरवान्वित भएका छौं,’ नेपाल डिस्टिलरीजका कार्यकारी निर्देशक कृष्णकुमार चुरिवालाले भने।

सुप्रसिद्ध मिक्सोलोजिस्टहरु, विशेषज्ञहरु र उत्पादकहरुबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्नुले कम्पनीलाई उत्कृष्ट मदिराहरु बनाउने प्रतिबद्धताप्रति अझै बल पुर्‍याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल डिस्टिलरीज प्रालि संगठित क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उद्योग हो। सन् १९५९ देखि नै यसको ब्राण्ड खुकुरी रमले बजारमा आफ्नो पकड जमाउँदै आएको कम्पनीले जनाएको छ।

खुकुरी रम युरोप र अमेरिका लगायतका १३ मुलुकमा निर्यात हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?