 
																			९ भदौ, बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।
गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4