Comments Add Comment

निजगढ विमानस्थल निर्माण स्थलका ६० हजार रुखको गणना सकियो

९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ ।

सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला विमानस्थलमध्ये एक निजगढ विमानस्थल निर्माण गर्न रुख काट्नु पर्नेछ ।

विमानस्थलले घेरेको क्षेत्रभित्र रहेको बस्ती समेत स्थानान्तरण गर्नुपर्नेछ । सोहीकारण गत आर्थिक वर्ष २०७६/७७ मा सोचेजति काम गर्न नसकेको मन्त्री भट्टराईले बताए । उनका अनुसार निजगढबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको काम भने संतोषजनक रुपमा अगाडि बढिरहेको छ ।

पोखरा विमानस्थल तोकिएकै समय -३० जुन)मा सम्पन्न हुने उनले जानकारी दिए । भैरहवा विमानस्थल भने कोभिडका कारण जनशक्ति रोकिएर प्रभाव परेको उनले जानकारी दिए ।
जनशक्ति आउनासाथ उनीहरु आएको तीन महिनामा निर्माणको काम सकिने उनको भनाई छ । उक्त विमानस्थलको प्राविधिक काम बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment