+
+
Shares

हेटौंडाबाट ५ सय स्वाब धुलिखेल पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १७:०५

९ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण परीक्षण गर्नुपर्ने स्वाब धेरै जम्मा भएपछि परीक्षणका लागि धुलिखेल पठाइएको छ ।

हेटौंडामा १ हजार स्वाब जम्मा भएपछि ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । पछिल्लो समय अघिक मात्रामा स्वाब संकलन भएपछि रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ ।

काभ्रेको धुलिखेलमा र भक्तपुरको खरिपाटीमा प्रयोगशाला थपिए स्वाब संकलन बढेकाले रिपोर्ट आउन ढिला हुने गरेको छ ।

प्रदेश सरकारले एक साताभित्र ४ वटा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सेढाईंका अनुसार त्यसका लागि यसै साता सूचना जारी हुनेछ ।

ती पीसीआर मेसिन नुवाकोटको त्रिशुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र मकवानपुरको हेटौंडा अस्पतालको प्रयोगशालामा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?