+
+
Shares

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई–बुकमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १८:२६

९ भदौ, काठमाडौं । पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेका सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ । पब्लिकेसन्स् नेपालयले पहिलो ‘ई-बुक’को रूपमा शाक्यको पुस्तकलाई प्रकाशन गरी सार्वजनिक गरेको छ ।

निबन्धहरूको सँगालोको रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको लेखक शाक्यले बताएका छन् । यस पुस्तकमार्फत शाक्यले नेपाली समाजमा व्याप्त गरिबीको पीडालाई चित्रण गर्दै त्यसको समाधान खोज्ने प्रयास गरेका छन् ।

एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रहेकोले नयाँ पुस्तक प्रकाशन गरिएको प्रकाशक सं‌स्था पब्लिकेसन्स् नेपालयले जनाएको छ । ‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन् ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अँगाल्नेतर्फको यो व्यावहारिक छलाङ भए पनि हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नको रुपमा लियौं । एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरूको ई–बुक संस्करणप्रतिको पाठकको रूचिले, नेपाली पुस्तक बजार ई–बुकको निम्ति तयार रहेको इंगित गरेको छ ।’

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, लेखक शाक्यले अनेकौं चुनौती र अवरोधलाई सम्बोधन गर्दै समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ त्यसैको उपचार पुस्तकमा खोजी गरिएको बताएका छन्। ‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्य भन्छन् ‘समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनलाई अँगाल्दै अघि बढ्नु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?