+
+

डुबेर मृत्यु हुने बालिकाको परिवारलाई १ लाख राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १४:०८

१० भदौ, जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट राहत रकम घोषणा गरेका हुन् । ‘मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट तत्कालै क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्दछु’ उनले भनेका छन् ।

चार दिनअघि रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर सोही नगरपालिकाको वडा नम्बर ७ का लक्ष्मण दास तत्माकी १५ बर्षीया छोरा स्वचिता दास, भदै मुखियाकी ११ बर्षीया छोरी पिंकु र छठु मुखियाकी १० बर्षीया छोरी चञ्चल मुखियाको डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?