+
+
Shares

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १४:५३

बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् ।

अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, अमिताभ सुरक्षित तरिकाले कार्यक्रम संचालन गरिरहेका छन् । सोनी टेलिभिजनको यो चर्चित रियालिटी शोमा ५ करोड रुपैयाँसम्मको पुरस्कार राखेर हाजिरीजवाफ खेलाइन्छ ।

अमिताभले सार्वजनिक गरेको तस्वीरमा कतै उनी स्क्रिप्ट पढिरहेका छन् भने कतै उनी आफूलाई तयार गर्दैछन् ।

सोनी टीभीकै अर्को शो ‘दि कपिल शर्मा शो’ दर्शकविना नै प्रशारण भैरहेको छ । ‘केबीसी’को सेटमा सम्पूर्ण यूनिट पीपीई किट लगाएर काममा व्यस्त भएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?