११ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका कोषले विश्वभर ४६ करोड ३० लाख बालबालिकालाई भर्चुअल कक्षाको पहुँच नपुगेको बताएको छ ।
कोरोना भाइरसको महामारीको कारण अहिले विश्वभरका धेरै विद्यालयहरु अहिले बन्द छन् । यस्तो अवस्थामा बालबालिकाहरुलाई आवश्यक उपकरणको अभाव, इन्टरनेटको अभावमा धेरै बालबालिकाहरुले अनलाइन कक्षामा सहभागी हुन नसकेको राष्ट्रसंघले बताएको छ ।
राष्ट्रसंघले एक सय मुलुकहरुको तथ्यांकको आधारमा दक्षिण एसिया, अफ्रिका र प्यासिफिक र पूर्वी एसियाका बालबालिकाहरु गम्भीररुपमा प्रभावित बनेको पाइएको हो ।
अहिले पनि विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दे क्रममा रहेकाले अझै पनि विद्यालयहरु कहिले खुल्ने हुन् भन्ने टुङ्गो लाग्न सकेको छैन । यस्तोमा विश्वभरका धेरै बालबालिकाको पढाइप्रति आशंका उब्जिएको छ ।
स्रोत :अलजाजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4