+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ठूला अस्पताललाई कोरोना विशेष बनाऊ : शान्ति समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १६:२८

११ भदौ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले सबै अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्नु उचित नहुने बताएको छ ।

एउटै अस्पतालमा संक्रमित र संक्रमण नभएका बिरामीको उपचार गर्दा कोरोना संक्रमण झन् फैलिन सक्ने खतरा औंल्याउंदै समाजले सरकारलई उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

‘दीर्घरोगी, बृद्घ–बृद्घा, बालबालिका लगायत अति संवेदनशील स्वास्थ्य समस्या भएका विरामीहरुले उपचार गराइरहेका साना, मझौला निजी अस्पताललाई समेत कोरोना संक्रमितको उपचार गराउन वाध्य पार्ने सरकारी निर्देशनले संक्रमण नियन्त्रण भन्दा झन् फैलिने जोखिम हुन्छ’ समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले बिहीबार विज्ञप्तिमार्फत भनेका छन् ।

हाललाई सरकारी र निजी अस्पतालमध्ये २० प्रतिशत ठूला अस्पतालसँग समन्वय÷सहमति गरेर ती अस्पतालको क्षमता वृद्घि गरी कोरोना संक्रमितको मात्रै उपचार गर्ने विशेष व्यवस्था गर्न शान्ति समाजको सुझाव छ ।

‘ती निश्चित अस्पतालहरुमा स्वास्थ सुरक्षा व्यवस्थापन गर्न, स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधा प्रबन्ध मिलाउन पनि धेरै सहज, सरल र प्रभावकारी हुने हुंदा सरकारले आफ्नो निर्देशनमा पुनःविचार गर्न ढिलो गर्नुहुदैन’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?