Comments Add Comment

पोग्बालाई कोरोना संक्रमण

११ भदौ, काठमाडौं । फ्रेन्च नेशनल टिम र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना संक्रमण देखिएको छ ।

२७ वर्षीय मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पोग्बा हाल इंग्ल्याण्डमै छन् र उनी शनिबार आफ्नी गर्भवती श्रीमतीसंग लण्डनमा एक रेस्टुराँमा देखिएका थिए । कोरोना पोजेटिभ देखिएपछि पोग्वा युईएफए नेसन्स कपका लागि घोषित फ्रान्सेली टोलीबाट समेत बाहिरिएका छन् ।

पोग्बाको स्थानमा युवा खेलाडी एडवार्डो कामाभिङ्गालाई टिममा राखिएको छ । कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा रहेका छन् । यस्तै उनले म्यानचेष्टर युनाइटेडको प्रिसिजन तयारी पनि गुमाउने भएका छन् ।

फ्रान्सका अर्का खेलाडी टान्गुइ एन्डोम्बेलेलाई पनि कोरोना संक्रमण भएको छ र उनी फ्रान्सको टिमबाट बाहिरिएका छन् । फ्रान्सले नेसन्स लिग अन्तर्गत पहिलो खेलमा आउने सेप्टेम्बर ५ मा स्वीडेनसंग खेल्नेछ भने सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment