
१२ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
दैलेख अस्पताल प्रयोगशाला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शुक्रबार १९ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार दैलेखमा ११ जना, जुम्लामा ६ जना र सल्यानका २ जनामा संक्रमण देखिएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३६३ पुगेको छ ।
कर्णालीमा शुक्रबार थप १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २०४० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जनाको मृत्यु भएको छ भने ३१७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4