+
+
Shares

पुष्पलाई पनि म्यूजिक भिडियोकै भर

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १३ गते १५:०१

नायक पुष्प खड्का अभिनित चलचित्र ‘मारुनी’ रिलिज भएको १ बर्ष भयो । यो एक बर्षमा पुष्पले एउटा मात्र चलचित्रको छायांकन गरे, ‘चालबाज’ । पुष्पले नयाँ चलचित्रको बिषयमा कुरा भैरहेको केही समय अगाडि अनलाइनखबरलाई बताएका थिए ।

लकडाउनपछि अधिकांश चलचित्रका कलाकारका लागि आम्दानीको मुख्य श्रोत म्यूजिक भिडियो नै बनेको छ । चलचित्र रिलिज नहुँदा कलाकार भिडियोमा व्यस्त छन् ।

भिडियोमा व्यस्त हुने, कलाकारमा नायक पुष्प खड्का पनि पर्छन् । चलचित्रमा फरक अभिनय गर्न सिपालु यी नायकले म्यूजिक भिडियोमा आफूलाई रोमान्टिक रुपमा प्रस्तुत हुने गरेका छन् ।

लामो समयसम्म चलचित्रमा नआउँदा दर्शकले विर्सेलान् कि भन्ने डर त कलाकारलाई एकातिर छदै छ अर्कोतिर, आम्दानीको श्रोत पनि राम्रो भएकाले उनीहरु भिडियोतर्फ आकर्षित भएका हुन् । पुष्पले अभिनय गरेका भिडियोहरु एकपछि अर्को रिलिज भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?